Public Pana
बाँसवारी  १० राेपनी जग्गा प्रकरण  :   अरुण चौधरीलाई दोस्रो पटक तीन दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति 

काठमाडौ - जिल्ला अदालत काठमाडौंले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी  १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनामाथि तीन दिन थुनामा राखेर  अनुसन्धान गर्न  अनुमति दिएको हो ।

सोमबार अदाललते दोस्रो पटक थप तीन दिन म्याद थप गरेको हो  ।  जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर पक्राउ परेका थिए । 

उनीहरुलाई गत शुक्रवार पहिलो पटक  अदालत पेश गरिएको थियो ।  अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले चौधरीमाथि लिखत किर्ते र ठगीमा अनुसन्धान गरिरहेको छ। उनीहरुको बयान लिने क्रम चलिरहेको भन्दै सरकारी पक्षले सात दिनको समय माग गरेका थिए ।

तर अदालतले तीन दिनमात्र दिएको हो । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update