Public Pana
सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर ४ वर्ष कैदको फैसला 

काठमाडाै-  विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई  भ्रष्टाचार मुद्दा  दोषी ठहर गरेको छ। 
विशेषले सोमबार उनलाई दोषी ठहर गर्दै  ४ वर्ष कैद र विगो तथा जरिवाना भराउने फैसला सुनाएको हो । विशेषले भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार ३ वर्ष कैद र  २४ लाख ९२ हजार ५ सय १० रुपैया जरिवाना गर्ने फैसला सुनाएको छ।

त्यस्तै विशेषलले उनलाई थप १ वर्ष क कैद र २ लाख ६७ हजार  २६ रुपैया भ्रष्टाचार निवारण ऐनको दफा ८(१) बमोजिम हुने फैसलामा भनेको छ। 

 विशेष अदालतका अध्यक्ष टेकनारायण ढुङगाना,न्यायाधीशहरु तेजनारायणसिंह राई र  मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको  थियो ।  
अख्तियारले आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरेसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको  थियो । 

विशेषले सिरहाका तत्कालीन तीन गाविसले विगो भराई पाउने ठहर पनि गरेको छ। विशेषले घिमिरेसँग सिरहाको तत्कालीन राजपुर गाविसले  २ लाख २६ हजार ६ सय ३३ रुपैया, अर्नमा प्रा रा गाविस  २२ लाख  ६५ हजार ८ सय ७७ र तत्कालीन राजपुर गाविसले   २ लाख ६७ हजार  २६ रुपैया विगो घिमिरेवाट पाउने फैसला सुनाएको छ। 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update