Public Pana
२० लाख धरौटी बुझाएर जेलबाट छुटे सन्दीप

बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडाै‌ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update