Public Pana
भारतसँगको विद्युत्त सम्झौताविरुद्धको मुद्दामा बारले पठायो एमिकस क्युरी 

काठमाडाै- नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले नेपाल भारत दीर्घकालिन उर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्यूरी (अदालतको सहयोगी) पठाएका छन् । 

नेपाल बार एसोसिएसनले केदार कार्की र सर्वोच्च अदालत बार एसोसिएसनले सेमन्त दाहाललाई एमिकस क्यूरीको रुपमा पठाएको हो । उनीहरुले सुनुवाईका दिन व्यापार सम्झौताको संवैधानिक अवस्थाका वारेमा आफ्नो राय दिनेछन् ।

सम्झौता नेपालको हित प्रतिकुल रहेको दावीसहित अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

१६ माघमा न्यायाधीश नहकुल सुवेदीको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि झिकाउनुका साथै एमिकस क्यूरी पठाउन नेपाल बार र सर्वोच्च बारको नाममा आदेश जारी गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update