Public Pana
स्थानीय सरकारले गर्न नसकेको काम अरुण रामले गरे, बिपन्न परिवारलाई सहयोग

एक समाजसेवी युवाले रौतहटको वृन्दावन नगरपालिकाको १५ सय भन्दा बढि गरिब बिपन्न परिवारलाई न्यानो राहत वितरण गरेको छ ।

वृन्दावन नगरपालिका वडा नं १ घर भइ हाल चन्द्रपुर ४ बस्दै आएका स्थानिय समाजसेवी युवा अरुण रामले चिसोबाट प्रभावित १५ सय भन्दा बढि घरपरिवारहरुलाई न्यानो कपडा र ब्लाकेट वितरण गरिएको हो ।

तराईमा बढेको अत्याधिक चिसोका कारण स्थानीय कठ्याङ्गिदो अवस्था भएपनि स्थानीय सरकारका जनप्रतिनिधि वा राजनीतिक दलका नेता कसैले पनि राहत दिएका छैनन् । तर, रामले न्यानो कपडा वितरण गरेपछि वृन्दावनमा उनको प्रसंसा हुन थालेको छ ।

शीतलहर चल्न थालेपछि रौतहटसहित तराईका जिल्लामा गरिब दलित परिवारको बिजोग भएकोमा स्थानीय सरकारले अहिलेसम्म न्यानो कम्बल वा राहत वितरण नगरेको समयमा युवा तथा समाजसेवी अरुण रामले गरेको काम प्रसंसाकै काम रहेको मानव अधिकारकर्मी तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश तिमल्सिनाले बताए ।

शितलहर बाट रोजगारी गुमाएका तथा गरिबी झेल्दै आएका प्रत्येक परिवारलाई न्यानो कपडा वितरण गरिएको र यसबाट उहाँलाई शितलहरमा ठुलो राहत हुने आफ्नो अपेक्षा रहेको अरुण रामको भनाई छ ।

उनले १५ सय पिस ज्याकेट, उनीका सुईटर र १५ सय पिस ब्लाङ्केट वितरण गरिसकेको र अझ वितरण गर्ने कार्य भइरहेको बताएका छन् । चिसो र शितलहर बाट प्रभावित परिवार न्यानो कपडा सहयोग पाउदा गरिब र विपन्न परिवार खुशी बनेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update