Public Pana

 संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए। 

अधिवेशन आह्वान गरिएअनुसार संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय) सभाको बैठक बसिरहेको छ।  

सोमबारको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने लगायतका कार्यसूची रहेका छन्। 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update