Public Pana
क्यानडा र लिग-२  का लागि नेपाली टोली घोषणा: आकाश चन्दलाई मौका, गुलशन बाहिर


नेपालले क्यानडासँग खेल्ने तीन वटा एकदिवसीय सिरिज र आईसीसी विश्वकप लिग- २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि टोली घोषणा गरेको छ।

क्यानडासँगको सिरिजमा आकाश चन्दले मौका पाएका छन् भने गुलशन झा टोली बाहिर परेका छन्। यसैगरी बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुवै सिरिजमा टोलीमा परेका छन्। 

आकाश चन्दले यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तान विरुद्ध ५ विकेट लिएका थिए। गुलशनले भने यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ भने लिग- २ मा नेपालले १५ फेब्रुअरीदेखि २४ सम्म खेल्नेछ।

क्यानडासँगको सिरिजमा खेल्ने नेपाली टोली:
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।

लिग-२ खेल्ने नेपाली टोली:
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

 

May be an illustration of text that says "CAN SQUAD ANNOUNCEMENT CAPAL LEAGUE ROHIT POUDEL AASIF SHEIKH KUSHAL BHURTEL DEV KHANAL KUSHAL MALLA BHIM SHARKI AARIF SHEIKH PAWAN SARAF SOMPAL KAMI HEMANT DHAMI RIJAN DHAKAL SURYA TAMANG LALIT RAJBANSHI AAKASH CHAND ANIL SAH ROHIT POUDEL AASIF SHEIKH KUSHAL BHURTEL KUSHALMALLA AARIF SHEIKH PAWAN SARAF BHIM SHARKI ARJUN SAUD DIPENDRA AIREE GULSHAN JHA SOMPAL KAMI KARAN KC LALIT RAJBANSHI SURYA TAMANG RIJAN DHAKAL NEPAL CANADA BILATERAL SERIES 8TH FEB 12TH FEB ICC MEN'S cWC LEAGUE TWO 15TH FEB 25T FEB RESERVES PRATISH GC DEV KHANAL ANILSH SAH BIBEK YADAV #WECAN #ONEBALL |#NEPALCRICKET #HAPPYDRESSINGROOM #NEPALCRICKET"

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update