Public Pana
पूर्व सांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्व ७२ करोड जरिवाना हुने फैसला

काठमाडौ– सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय निर्धारण भएको छ।

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र विगो वमोजिम १ अर्व ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैया जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो । उक्त सजाय अनुसार कैद र विगोका लागि आइतबार पेशी तोकिएको हो । विशेषले ३ वर्षभन्दा माथि सजाय गर्नुपर्ने भएकाले आज वहस हुदै सजाय सुनाएको हो ।

त्यस्तै तामाङकी श्रीमती श्रृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद हुने र १ अर्व ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैया जरिवाना हुने फैसला सुनाएको छ।

अर्का प्रतिवादी केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैया विगो भराउने फैसला सुनाएको छ। त्यस्तै प्रतिवादी ईच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला विशेषले सुनाएको छ।

प्रतिवादिहरु विरुद्ध काठमाडौ जिल्ला अदालतमा विचारधिन ठगी मुद्दामा कसुर ठहर भएमा पिडीतको विगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने फैसलामा भनिएको छ।

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update