Public Pana
प्रस्ताव :  राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ 

राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदैछन् ।

सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे राष्ट्रियसभाले कार्यतालिका बनाएको हो । 
अस्ति शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ ।

अहिले सम्भावित कार्यातालिका बनेपनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ ।  
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update