Public Pana

राजु गिरिको लेखन तथा निर्देशनमा वेब सिरिज नेपाली 'इच्छाधारी नागिन’ बन्ने भएको छ ।

ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको १ मिनेट १६ सेकेण्डको अफिसियल ट्रेलर सार्वजनिक गर्दै गिरिले जानकारी दिए । 

यो सिरिज आँउदो फेब्रुअरीबाट आउँदै छ । यस सिरिजको पोस्ट प्रोडक्सन राजु गिरि प्रोडक्सनको रहेको छ भने प्रोडुक्सरमा काजल गिरि , शंकर गिरि, पुर्णकला गिरि, कंगणा गिरि र सरिता गिरि रहेका छ्न । सिरिजको लेखनमा गिरि स्वयम र अम्मु कालिराज रहेका छ्न ।

त्यस्तै सिरिजको कलाकारहरुमा राजु गिरि ,सबिन बास्तोला,गिता अधिकारी ,विनोद श्रेष्ठ, देव महर्जन,ओसिन भट्टराई,चन्द्र लामा,अन्जु हमाल, संगिता शर्मा सुस्मिता र देवराज आचार्य रहेका छ्न । सिरिजको कोरियोग्राफर रामेश्वर हुमागाई रहेका छ्न भने सम्पादन श्याम राज श्रेष्ठको रहेको छ । 

यस अघि सार्वजनिक भएको 'इच्छाधारी नागिन’को टिजरले अरु वेब सिरिजको टिजर भन्दा  धेरै भ्युज पाएको छ । जसले गर्दा टिजरले नै चर्चा बटुलिरहेको छ ।

टिजरमा दर्शकहरुले सिरिज प्रतिक्षा गरिरहेको भन्दै कमेन्ट गरिरहेका छन । यससँगै ट्रेलर सार्वजनिक भएपछि दर्शकमा झनै उत्साह थपेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update