Public Pana
काठमाडौंको आलोकनगरमा सार्वजनिक जग्गामा बनाएको संरचनामाथि महानगरपालिकाद्धारा डोजर

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ । 

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काएको महानगर प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update