Public Pana
दिल्ली भ्रमणमा रहेका सांसदहरुको टोलीले जयशंकरसँग छलफल

राजकिशोर यादवको नेतृत्वमा रहेको नेपाली संसदीय प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटवार्तामा दुई देशबीचको सहकार्य र सम्बन्धलाई सुमधुर बनाउने विषयमा केन्द्रित रहेर छलफल गरेका छन् ।

डा. जयशंकरले प्रतिनिधिमण्डलले नेपाल र भारतबीचको सहयोग अभिवृद्धिमा अघि बढेकोमा खुसी व्यक्त गरे । टोलीले भारतको गोवालाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका छन ।

भारतीय संसदका सहसचिव तथा प्रमुख शिष्टाचार अधिकारीले स्वागत गर्दै द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन भ्रमणको महत्व रहेको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्यसहितको भ्रमणमा रहेको संसदीय टोली गतहप्ता माघ १६ गते भारतको औपचारिक भ्रमणमा गएको थियो ।

उक्त टोली पर्सि २३ गते नेपाल फर्कने छ । सो समुहमा समिति अध्यक्ष यादव सहित सांसदहरु सुनिता बरला, छिरिङ बहादुर लामा, एकमान थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update