Public Pana
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

काठमाडौं– जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् ।  प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराहीस्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् । रोल्पा घर भएका पिमलाल श्रीमती र छोरासँगै घोराहीस्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोप्लाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरेका थिए । हत्या गरेको बताएपछि उक्त होटलमा गएर हेर्दा शव भेटिएका डीएसपी मल्लले बताए ।

प्रहरीले हत्याबारे अनुसन्धान अघि बढाएको छ । प्रारम्भि अनुसन्धानका क्रममा घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update