Public Pana
नवलपरासीमा  सुन ब्यवसायीमाथि गाेली प्रहार 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै  एक सुनचाँदी ब्यवसायीमाथि गाेली प्रहार भएकाे छ ।  
 गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएकाे प्रहरीले जनाएकाे छ । 

गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका छन् । उनको देब्रे पाखुरामा गोली लागेको छ ।

विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरिएकाे पाइएकाे छ ।  उनको देब्रे हातको केही भाग काटिएको छ । पसल बन्द गरेर फर्कदै  गर्दा लुटेरा  आक्रमण गरेकाे हुनसक्ने प्रारम्भिक अनुमान गरिएकाे छ । 

गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको  छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update