Public Pana
मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्यो

अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को आवेदन पत्र खुला गरिएको छ ।  आगामी मे ३१ सम्म आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ । 

 

 

प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ ।  आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठले जानकारी दिए अनुसार आज मिति फेब्रुअरी ३ ,२०२४ शनिबार देखि आवेदन लिन सुरु गरिएको छ । 

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि गत वर्ष जुलाई महिनामा आयोजना गरिएको थियो ।  यस पटक अगस्त ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुने श्रेष्ठले बताए ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update