Public Pana
बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरण : फिर्ता गरेर उन्मुक्तीको खोजीमा उद्योगी अरुण चौधरी 

काठमाडाै - बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन शुरु गरिएकाे छ ।  

जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिन थालेका छन् । शुक्रबार चाैधरीलाई पहिलाे पटक म्याद थप गरिएकाे थियाे ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीकाे नियन्त्रणमा रहेका चाैधरीकाे करिव १० घन्टा लगाएर बयान लिइएकाे छ । 

 चार दिन म्याद थप भएकाले त्यही म्याद भित्र रहेर अनुसन्धान  बयान सगै अघि वढाएकाे सिआइबीले जनाएकाे छ । 
जग्गा फिर्ता गर्ने बयान 

 बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिए । उनले आफूहरु कानुन मान्न तयार रहेकाे र उक्त जग्गा हडपेकाे नभइ तत्कालीन समयमा प्रक्रिया पुरा गरेरै लिएकाे दावी उनले गरेका छन् । उनले यदि  गैरकानुनी रुपमा लिएकाे देखिन्छ भने अहिले पनि सरकारकाे नाममा फिर्ता दिन तयार रहेकाे उनले दावी गरे । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेड (पछि प्रालि बनाइएको) का शेयर धनी तथा सञ्चालक अरुणकुमार चौधरीसहित   बाँसवारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान  गरिरहेकाे छ । 
सिआइबीले अनुसन्धानपछि सरकारी बकिललाई फाइल वुझाउने छ । सरकारी बकिलले मुद्दा चलाउने वा नचलाउने वारे निर्णय लिने छ । सिआइबीले लिखत किर्ते  र ठगीमा अनुसन्धानमा अघि वढाएकाे छ । यसअघि ललिता निवास प्रकरणमा जग्गा फिर्ता गरेकै भरमा विष्णु पाैडेलका छाेरा र न्यायाधीश कुमार रेग्मीले भ्रष्टाचार मुद्दामा उन्मुक्ती पाएका थिए ।  

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update