Public Pana
त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि

 त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
 
शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।
 
आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरेका थिए । 
 
उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update