Public Pana
मौसम : आज कतै वर्षा कुनै स्थानमा हिमपात

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशका पहाडी  भू–भागमा आंशिक बदली  रही  बाँकी  भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

भोली आइतबार भने देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज विहान ६:५० मा सुर्यास्त हुन्छ भने भरे साँझ ५:४५मा सुर्यास्त हुने छ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update