माघ २२ गते हिउँदे अधिवेशन
२४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने
माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
पहिलो दिन राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरू पेश गर्ने, शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहनेछ ।
२२ गते दिउँसो ४ बजे संसद बैठक बोलाइएको छ । ढिलो बैठक बोलाइएका कारण शीर्ष नेताहरूको सम्बोधन अर्को दिनका लागि राखिएको हो ।यसको औपचारिक निर्णय भने प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।
यसपटकदेखि प्रतिनिधि सभामा संसदीय क्यालेण्डर लागू गर्ने पनि संसद सचिवालयको तयारी छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० ०५:५७
प्रतिक्रिया दिनुहोस्