Public Pana
हिउँदे अधिवेशन : एमाले सहित विभिन्न दल सरकारप्रति रुष्ट, आन्दोलनको तयारी

आगामी हिउँदे अधिवेशनको तयारीका विषयमा नेपाली कांग्रेस संसदीय दलको बैठकमा सरकारविरुद्ध नै आवाज उठेको छ । गठबन्धन सरकारको मुख्यघटक कांग्रेसको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् ।
यतिमात्र नभएर राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनेपक्षित रहेको कांग्रेसको ठहर छ । 

संसदलाई बिजनेश दिन नसक्नुमा प्रधानमन्त्री दाहाल मुख्य जिम्मेवार रहेको कांग्रेसका सांसदको आरोप छ । आगामी संसद बैठकका विषयमा छलफल गर्न बसेको कांग्रेस संसदीय दलको बैठकमा अधिकांश सांसदहरु सरकार र प्रधानमन्त्री दाहालको कामप्रति सन्तुष्ट देखिएका थिएनन् ।
प्रधानमन्त्रीकै कारण सदनमा विधेयक अड्किएको र त्यसको जिम्मा कांग्रेसले पनि लिन परेको कांग्रेस सांसदको गुनासो थियो ।

माघ २२ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलाई लक्षित गरेर दलहरुले संसदीय दल बैठक राख्न थालेका छन् । संसदको ठूलो तथा गठबन्धन सरकारको मुख्य दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको अधिवेशन केन्द्रित छलफल थालेका हुन् ।

यसैबीच, नेकपा एमालेले आउँदो हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सरकारलाई दबाब दिने रणनीति बनाएको छ । शुक्रबार बसेको संसदीय दल बैठकमा सरकारको मनोमानीविरुद्ध कडा रुपमा उत्रने निर्णय भएको एमाले सचेतक महेश बर्तौलाले सञ्चारकर्मीलाई जानकारी दिए ।

संसदलाई विजनेश दिन नसक्ने सरकारले छलफलमा रहेका विधेयक पास गराउन पनि उदासीनता देखाउँदै आएको एमालेको आरोप छ ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि संसदलाई प्रभावकारी बनाउन हर सम्भव कार्य गर्ने बताएको छ । 
राजसंस्थासहितको हिन्दूराष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि फागुनदेखि देशभर आन्दोलन गर्ने निर्णय गरेको राप्रपाले सडक आन्दोलनका विषयलाईसदनमा प्राथमिकताका साथ उठाउने बताएको छ ।

लामो समय सरकारले सदनलाई कामविहीन बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र लिडदेलले अब सदनलाई कामविहीन हुन नदिइने बताए ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update