Public Pana
नेपालको खराव ब्याटिङ, सस्तैमा ७ विकेट  गुमायो 

आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सअन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले  खराव प्रर्दशन गरेको छ। शुरुवात राम्रो गरेपनि त्यसपछि लगातार विकेट गुमाएको छ।
६८ रन हुँदा २ विकेट गुमाएको नेपालले त्ययता ९ रन जोड्दा अरु ५ विकेट गुमाएको छ। 
नेपालले खेलको २२ औँ, २३ औँ, २४ औँ र २५ औँ, २६ औँ ओभरमा दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ विकेट गुमायो । नेपालका  उत्तमथापा मगर, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपक डुम्रे र गुल्शन झालाई लगातार गुमाएको छ।
पछिल्लो पटक २७ औँ ओभरको पाँचौँ बलमा दीपेश कँडेल पनि स्टम्पिङ भएर शून्यमै आउट भए । 
यसअघि भारतविरुद्ध सातौँ क्रममा आएका गुल्शन १ रन बनाउँदै  कट इन्ड बोल्ड हुन पुगे। यसअघि भारतविरुद्ध बलिङका क्रममा ३ विकेट लिएका ब्याटमा भने लगातार असफल सावित भए। 
नेपाली सिनियर टोलीका सदस्य उनको जारी विश्वकपमा  उनवाट निकै आशा गरिएको थियो । तर उनले उक्त आकांक्षा पुरा गर्न सकेनन् । 
उनले सबैजसो खेलमा दोहोरो स्कोर पनि गर्न सकेनन्। शुक्रबार भारतविरुद्धको खेलमा उनी २६ औँ ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका छन्। 
नेपालले अहिले ३० ओभरमा ९५ रन बनाएर खेलिरहेको छ। कप्तान देव खनाल र सुवास भण्डारी क्रिजमा रहेका छन् भने नेपालले ७ विकेट  गुमाएको छ । २९८ रनको लक्ष्य पछ्याएको नेपालले शुरुवात भने राम्रो गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update