Public Pana
नेपालले पहिलाे विकेट गुमायाे

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको रतविरुद्ध भएको खेलमा नेपालले पहिलो विकेट गुमाएकाे  छ। राम्राे शुरुवात गरेकाे नेपालका ओपनिङ ब्याटर दीपक बोहोरा १३ औँ ओभरको दोस्रो बलमा क्याच एन्ड बोल्ड भएका हुन्।

उनले ४२ बलमा २२ रन बनाए ।  बोहोराले आफ्नो पारीमा ३ चौका प्रहार गरे ।   
भारतविरुद्धको पहिलो पावर प्लेमा सम्हालिएर खेलेको नेपालले  पावर प्ले सकिए लगत्तै क्षति ब्यहोरेको हो। 

ओपनरहरू अर्जुन कुमाल र दीपक बोहोराले सम्हालिएर खेल्दै नेपालको स्कोर ५० रन पुर्‍याउन लागेका  थिए ।  

 

अहिले नेपालका लागि ओपनर अर्जुन कुमाल  ४५ बलमा २२ रनसहित क्रिजमा छन्।  

दीपक आउट भएपछि उनको स्थानमा तेस्रो क्रमका उत्तम मगर आएका छन्।  मगरले १६ बल खेलेर ६ रन बनाएका छन् ।  नेपाललाई भारतले पहिला ब्याटिङ गर्दै १९८ रनकाे लक्ष्य दिएकाे थियाे । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update