Public Pana
कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक

नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो। 

काग्रेसले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापालाई  संयोजक तोकेको छ।  

त्यसैगरी महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छन्।

पार्टी विधान अनुसार समावेशिताको सिद्धान्तअनुसार संयोजक तोकिएको नेता रमेश लेखकले जानकारी दिए। त्यस्तै कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निर्णय पनि गरेको छ। चाँडै निर्वाचन गर्न कांग्रेस केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न आग्रह गरेको लेखकले बताए। आउँदो  केन्द्रीय समिति बैठकले निर्वाचन समिति तोक्ने उनले बताए।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update