Public Pana
आईसीसी यू–१९ जितका लागि नेपाललाई गारो -भारतको २१६ रन

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले ४० ओभरमा तीन विकेट गुमाएर दुई सय १६ रन बनाएको छ । 

भारतका लागि कप्तान उदय शरण ६५ रन र सचिन दास ८७ रन बनाउँदै क्रिजमा छन् ।

भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो ।

भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए ।

१३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।

भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए । १४ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो ।

‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो खेल हो । यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update