Public Pana
आईसीसी यू–१९ - नेपाललाई एकै ओभरमा ३ विकेट

आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्समा भारतको तेस्रो विकेट पतन भएको छ। 

भारतका ओपनर अर्सिन कुलकर्नीलाई नेपाली बलर आकाश चन्दले १८ रन बनाएको अवस्थामा उत्तम मगरबाट क्याच आउट गराए।

त्यसअघि भारतले दोस्रो विकेटका रुपमा १४ ओभरको पाचौँ बलमा प्रियांशु मोलियोलाई गुमाएको थियो।
३६ बलमा १ चौका हानेका प्रियांशु १६ रन बनाउँदै रन आउट भए। 

त्यसअघि अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई पेवेलियको बाटो देखाएका थिए।
पाचौँ ओभरको पाचौँ बलमा गुल्शनले सिंहलाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराए।

१८ बलमा ४ चौका बनाएका आर्दश २१ रनमा आउट भए। अर्का ओपनर अर्शिन कुलकर्नी १८ रनमा नटआउट छन्। 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत १६ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update