Public Pana
सिरहामा ऋणी एसोसिएशनको संगठन बिस्तार 

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको सचिवालय सदस्य एवं ऋणी संयोजक देवी प्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट  सिरहामा जिल्ला कार्य समीती विस्तार गरेका छन्।

सिरहाको लहान स्थित बसेको बैठकबाट सिरहामा ऋणी एसोसिएशन संगठन बिस्तार गरेका छन्।

लहानमा बसेको भेलामा बैंकबाट पीडित दर्जनौं पीडित ब्यापारीहरुको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ । सिरहामा ऋणी एसोसिएशनको जिल्ला संयोजकमा दिपेन्द्र साह,सदस्य सचिबमा मनोज कुमार साह सदस्य राम कृष्ण चौधरी,तरा कान्त चौधरी,राम कुमार महतो दिपेन्द्र कुमार साह, कमल साह,परिक्षण चौधरी,शत्रुधन चौधरी,हरिदेब चौधरी लगायत ११ सदस्य समिति बिस्तार गरेका छन्।

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानमा लागेका ऋणी संयोजक देबि प्रसाद संग्रौला लगायत सिरहा जिल्ला ऋणी संयोजक दिपेन्द्र साह सचिब मनोज साह लगायतका दर्जनौं बैंक पीडितहरुले लहान स्थित रहेको ल्क्ष्ऋ ब्कष्ब बैंकका म्यानेजरलाई ज्ञापन पत्र बुझाउदै ऋणीहरुलाई कुनै किसिमको मानसिक तनाव नदिन चेतावनी तथा सुझाव दिएका सिरहा संयोजक दिपेन्द्र साहले जानकारी दिनु भयो।

पछिल्लो लामो समय देखि देश भरी नागरिक बचाउ  अभियानमा लागेका ब्यापारी दुर्गा प्रसाईंले आर्थिक शोषण विरुद्धमा अवाज उठाउने एक मात्र सहासी ब्यक्तीको रूपमा चिनिएका हुन्।

नागरिक अभियानको नेतृत्व गर्दै पीडितको अवाज बोल्दै एकासी चर्चामा आएका प्रसाईले सम्पुर्ण नेपाली नागरिकलाई बाचने अधिकार सुनिश्चितताको कुरा उतकर्शमा पुगेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update