Public Pana
पाठेघरको क्यान्सरबाट ३२ वर्षीय भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनको ३२ वर्षको उमेरमा निधन भएको हो । आज शुक्रबार उनको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको छ । 

पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौँ र उहाँहरूले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौँ ।’

पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् ।

सन् १९९१ मार्च ११ मा भारतको कानपुरमा जन्मिएकी पाण्डे मोडल र अभिनेत्री थिइन् ।  सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीको कुरा गर्दा उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।

उनी  वि.स. २०७५ सालमा नेपाल पनि आएकी थिइन् ।

उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् ।

पुनम पाण्डे त्यतिबेला चर्चामा आएकी थिइन् तब उनले नग्न हुने घोषणा गरेकी थिइन् । कुरा सन् २०११ को हो । त्यतिबेला सबैको नजर क्रिकेट विश्व कपमा भारतको प्रस्तुतिमा अडिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update