Public Pana
माघ २२ हिउँदे अधिवेशन - एमाले संसदीय दलको बैठक भोलीका लागि आह्वान

प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ । 

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् । 

बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update