Public Pana
गत कार्तिक २७ गते नेपालमा बन्द भएको टिकटक खुल्ने संकेत 

नेपाल भित्र प्रयोगका लागि सरकारले प्रतिबन्ध लगाएको छोटो भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले खुलाउनका लागि सरकारी पक्षसँग लबिङ्ग गरिरहेको छ ।

सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सुनुवाई गरिरहेको छ र सरकारको नाममा कारण देखाउ आदेश दिएको छ। सो रिटको सुनुवाईका लागि अर्को पेशी २०८१ बैशाख २७ गतेका लागि तोकिएको छ।

टिकटकका प्रतिनिधिले अर्को साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरु र सञ्चारमन्त्रीसँग पनि भेट गर्ने तयारीमा छन् ।

“तर सरकारी अधिकारीहरुले अहिलेको प्रतिबन्धको बारेमा कुरा गर्न नचाहेपछि टिकटकको प्रयास सफल हुन सकेको छैन्,” सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदको बैठकले कार्तिक २७ गते निर्णय गरेसँगै सामाजिक संजाल टिकटक नेपालमा प्रतिबन्धित भएको हो। सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित तत्काल रोक लगाउन निर्णय गरेको थियो। 

नेपाली पक्षसँग टिकटक खुलाउन लबिङ्ग बढ्दै गएकाले खुल्ने संकेत देखिएको सरोकारवालाले जनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update