Public Pana
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी

नेपाल समाजवादी पार्टीभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।

माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष बाबुराम भट्टराई पक्ष अनिच्छुक देखिएपछि पार्टी एकता सम्बन्धमा छलफल गर्न मङ्सिरको पहिलो साता नेसपाको केन्द्रीय समिति बैठक बसेको थियो ।

बैठकमा अर्का अध्यक्ष महिन्द्र राय यादवको चर्को दबाबपछि भट्टराई एकता समायोजन समिति गठन गर्न तयार भएका थिए ।

अन्ततः माओवादीसँग एकता गर्न भट्टराईकै नेतृत्वमा समायोजन समिति बनेको थियो । जसमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव सदस्य रहेका छन् ।

तर पछिल्लो समय भट्टराईले एकता महाधिवेशन गर्न तयार नदेखिएपछि  केन्द्रीय कार्यकारिणी बैठकले वारपार गर्ने महिन्द्र पक्षका नेताहरूले दाबी गरेका छन् ।

भट्टराई एकता महाधिवेशन गर्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने अडानमा रहेको आरोप लागेको छ ।
एकता महाधिवेशनमा जान नमाने बहुमतले निर्णय गर्ने आवाज उठेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ००:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update