Public Pana
माघ १९ पूर्व राजा ज्ञानेन्द्रको बागडोर 

२१ वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले २०४७ सालको संविधानलाई कुल्चेर सत्ताको बागडोर आफ्नो हातमा लिएका थिए । २०५९ माघ १९ लाई सम्झने हो भने आजको दिन नेपाली राजनीतिको एउटा विशेष दिन हो ।

आजकै मितिमा उनी आफैं मन्त्रिपरिषदको अध्यक्ष बनेका थिए । ज्ञानेन्द्रको यही सक्रियता नै अन्ततः राजतन्त्र पतनको प्रमुख कोसेढुंगो बन्न पुग्यो । 

नेपाली राजनीतिमा दुईजना राजालाई चतुर खेलाडी एवं दुरदर्शी मान्ने गरिन्छ । एक– पृथ्वीनारायण शाह र दोस्रो महेन्द्र । 
उनले ०५९ असोज १८ गते शेरबहादुर देउवाको सरकार अपदस्थ गरेर उनले ‘अर्ध कु’ गरे । माघ १९ मा पूर्णकदको ‘कु’ गरे । वीरेन्द्रले दिएको प्रजातान्त्रिक अधिकार ज्ञानेन्द्रले खोसे र महेन्द्रपथको यात्रा तय गरे ।

०६३ बैशाख ११ गतेको शाही घोाषणामा ‘जनताको नासो जनतालाई नै सुम्पेका छौं’ चाहिँ भनेका छन् ।

ज्ञानेन्द्र शाह स्वयंले आफ्ना भाषणमा श्रीपेच र राजदण्ड जनतालाई नासोका रुपमा छाडेको, ०६२-०६३ को आन्दोलनमा जनतामाथि दमन नहोस् भने राजगद्दी छाडेर नागार्जुन जान तयार भएको र गद्दी छाडेपछि विदेश नगई देशभित्रै बसेको सन्देश दिने गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update