Public Pana
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । 

मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update