Public Pana
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ।
 
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक बिषयका साथै टिआरसी बिद्येयकमा सहमति जुटाउने बिषयमा कुराकानी भएको थियो । 
। माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि टिआरसीमा मुख्य प्रतिपक्षको सहमति जुटाउनेवारे कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

भेटवार्ता सकेर निस्किएका एमाले अध्यक्ष ओलीले  शान्ती प्रक्रियासँग सम्बन्धित बाँकी काम टुंग्याउने बिषयमा कुराकानी भएको जानकारी दिनुभयो । स्रोतका अनुसार ओलीले अरुण चौधरी प्रक्राउको बिषयमा समेत चासो राख्नुभएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update