Public Pana
भारतले नेपाललाई दिने अनुदान  बढायो

भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ ।

वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्‍याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२-२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

भुटानले पाउने सहायता घट्यो भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको छ ।

वित्त वर्ष २०२४-२५ का लागि भुटानलाई दिने सहायता भने घटेको छ ।आगामी वर्ष भुटानले २० अर्ब ६८ करोड भारु पाउने छ ।

यसमध्ये ९ अर्ब ८९ करोड ऋण हो । गत वर्ष भुटानका लागि २४ अर्ब विनियोजन भएको थियो । जसलाई संशोधनमा २३ अर्ब ९८ करोडमा झारिएको थियो । यसमध्ये ऋणमात्र १६ अर्ब १४ करोड पु¥याइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update