सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।
घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० ०७:३१
प्रतिक्रिया दिनुहोस्