Public Pana
संसद्को हिउँदे अधिवेशनका लागि कांग्रेस संसदीय दलको बैठक आज 

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । 

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिका बारेमा विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update