Public Pana
मौसम : पहाडी भु–भागमा वर्षा हुने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा  आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update