Public Pana
उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति

उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति जनाएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) ले बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै चौधरी नेपालको माटोमा हुर्किएका उद्यमी रहेको भन्दै पक्राउकाे विराेध गरेकाे हाे।

उनी देश छाडेर कतै जान नलागेको भन्दै हठात पक्राउ गरिनु गलत भएकाे बताए।

सीएनआईले पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाएको भन्दै असन्तुष्टि ब्यक्त गरे।

व्यवसायी मात्र नभएर सबै निजी क्षेत्र त्रसित हुने गरी धरपकड गरिएको निजी क्षेत्रको गुनासो छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update