Public Pana
बासवारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापा अस्पताल भर्ना

बासवारी जग्गा प्रकरणमा आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा स्वास्थ्य कारण देखाउँदै हिरासतमा नवसी अस्पताल भर्ना भएका छन् । उनीहरु अवेर साँझ साढे ८ बजेतिर काठमाण्डौकाको चिरायु अस्पतालमा भर्ना भएको प्रहरीले जनाएको छ । 

६२ वर्षीय चौधरीले उच्च रक्तचापको औषधि खाइरहेको पाइएको छ। चौधरीको मुटुमा पनि समस्या भएको पाइएको छ। साथै उनलाई मधुमेह पनि भएको मेडिकल रिपोर्टबाट देखिएको छ। ८२ वर्षीय थापालाई भने उच्च रक्तचाप भएको पाइएको छ। उनीरुलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गर्ने परिवारको दवाव रहेपनि सिआइवीले नजिकैको चिराउयुमा भर्न गर्न अनुमति दिएको थियो । 

यसअघि काठमाडौँ जिल्ला अदालतले बाँसबारी जग्गा अपचलन प्रकरणमा पक्राउ परेका चौधरी र थापासहित तीन जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पक्राउ पर्नेमा अर्का आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पनि रहेका छन्।

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धानका क्रममा प्रहरीले तीनै जनालाई बिहीबार पक्राउ गरेको थियो। 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update