Public Pana
अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको  जिल्ला अदालत काठमाडौंले जनाएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  पहिलो म्यादको अनुमति दिएको हो। 

 

दुवै जनालाई सीआईबीले कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो। सीआईबीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराएको थियो।

सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update