Public Pana
अजित नारायणलाई भेट्न सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार तर नभेटी फर्किए

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका अजित नारायण थापालाई भेट्न सीआईबी पुगेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थापालाई बिहीबार पक्राउ गरेको थियो । उनी बाँसबारी छाला उद्योगको १० रोपनी जग्गाबारे निर्णय गर्ने तत्कालीन कार्यकारी प्रमुख थिए ।

अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका थिए ।

तर उनलाई म्याद थपका लागि अदालत लगेकाे पाइएपछी उनी नभेटे फर्किएका हुन् । थापाले आफू काकालाई भेट्न गएकाे स्वीकार गरे । अदालत लगेकाे जानकारी पाएपछी फर्केकाे बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update