Public Pana
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटालामा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरपनि पक्राउ

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।

उनी बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको  अध्यक्ष  रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । ठाकुरको स्थायी ठेगाना महोत्तरी भएको बताइएको छ ।

सोही प्रकरणमा  प्रहरीले चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र  छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरिसकेको छ ।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update