Public Pana
यसरी चौधरीले हत्याएका थिए  बाँसवारी छाला जुत्ताको  १० रोपनी जग्गा

काठमाडाै- चाैधरी समुहले वाँसवारी छाला जुत्ता कारखानाकाे जग्गा ३७ बर्षदेखि हडपेकाे पाइएकाे छ ।  

 यो जग्गा  ३७ वर्षअघि देखि नै चौधरी समुहले ब्यक्तीकाे बनाउदै भोगचलन गर्दै आएको थियो । २०४३ सालमा लुनकरणदास चौधरीको परिबारले जुत्ता कम्पनीका लागि भन्दै जग्गा लिएको थियो । तत्कालीन समुहमा चौधरी समुह भनि दर्ता वा निर्माण नभएको समयमा उनीहरुले जग्गा लिएको अनुसन्धानमा संलग्न एक सिआइबीका अधिकारीले बताए ।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने महत्वकाक्षी लक्ष्यसहित कम्पनी दर्ता गरेर जग्गा लिइएको थियो । यही योजना देखाएर च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडको नाममा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा नामसारी भएको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । 
कारखानाको १० रोपनी जग्गा आफ्नो प्रस्तावित कम्पनीको स्वामित्वमा ल्याउन चौधरी परिवारले कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई ब्यापारीक साझेदारी र अन्य कर्मचारीलाई मोटो आर्थिक लाभ दिएको थियो । 
तत्कालीन अधिराजकुमार धीरेन्द्र विरविक्रम शाहसँगको व्यापारिक साझेदारको सम्बन्धमार्फत दरबारमा समेत पहुँच बनाएका विनोद चौधरीले त्यसकै आधारमा बाँसबारीको जग्गा हात पारेका थिए । 
२०४३ साल भदौ १० गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१ औँ बैठकले कारखानाको स्वामित्वमा रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा नामसारी गरिदिने निर्णय गरेको थियो ।  त्यसबापत फुटवेयरमा कारखानाको २५ सय कित्ता शेयर लगानी गर्ने निर्णय पनि सोही वैठकले गरेको थियो । यहीवाट उक्त जग्गा व्यक्तिको नाममा जाने कार्य शुरु भएको  थियो।  

यसरी जग्गा उक्त कम्पनीको नाममा सार्ने निर्णय हुदाँसम्म च्याम्पियन फुटवेयर दर्ता नै भएको थिए । जव जग्गा सम्वन्धी निर्णय भयो अनि फुटवेयर २०४३ कात्तिक २७ गते मात्र दर्ता भएको थियो । 
त्यसपछि २०४४ सालमा दुई पटक गरेर कारखानाले १० रोपनी (पहिले ६ रोपनी र पछि ४ रोपनी) जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी गरिदिएको विवरण सिआइबीले फेला पारेको छ । 
यो कार्य मालपोत ऐन २०३४ विपरित भएको थियो । चौधरीले दरवारको आडमा उक्त कार्य गरेका थिए । जग्गा प्राप्त भएपछि  केही वर्ष कारखानावाट जुत्ता उत्पादन भयो त्यसपछि एकाएक बन्द भयो । 
२०४९ सालमा सरकारले अरू केही संस्थानसँगै बाँसबारी छाला तथा जुत्ता कारखाना नै निजीकरण गर्ने निर्णय गरेको थियो।  त्यस वाहेकका अरु जग्गा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिललगायत निकायलाई दिएको थियो।  
यही विचमा धेरै चलखेल भएर अरुण चौधरीले शेयर आफ्नो नाममा खरिद गरेका थिए अनि यसलाई नीजि कम्पनी बनाइयो ।  नीजि कम्पनीमा आएपछि सीजी चाँदबाग रेसिडेन्सी प्रालिमा रूपान्तरण गरिएको अनुसन्धानमा देखिएको सिआइबीले जनाएको छ। 


 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update