Public Pana
बाँसबारी छाता जुत्ताको जग्गा प्रकरण : अख्तियारले पनि गरिरहेको छ अनुसन्धान

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले चौधरी समुहका एक सदस्य अरुण चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेसगै वाँसबारी छाता जुत्ता कारखानाको जग्गा विवाद पून सतहमा आएको छ।

३७ वर्षदेखि चौधरीसमुहले मिचेर चलाई रहेको १० रोपनी जग्गामा सिआइबीले पछिल्लो केही महिनादेखि गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो ।

सिआईबीले अरुण चौधरीसगै बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पक्राउ गरेको छ। उनीहरु दुईको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको भोगचलनमा पुगेको निष्कर्षपछि सिआईबीले दुवैलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु अहिले थुनामा छन् । जुत्ता कारखानाको जग्गा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धानमा पनि अनुसन्धानकै क्रममा रहेको पाइएको छ।

अख्तियारले पछिल्लो ९ महिनादेखि उक्त प्रकरणमा सार्वजनिक चर्चा भएका कारण अनुसन्धान गरिरहेको र आवश्यक प्रमाण जुटाइरहेको अख्तियारका एक आयुक्तले बताए । ‘उक्त प्रकरणमा करिव १० वर्षदेखि अख्तियारमा उजुरी रहेको थियो ।

केही समय अघि तामेलीमा पनि राखिएको रहेछ ’ ती आयुक्तले भने ‘हामी आएपछि केही विवरण खोजि गर्दै सम्वन्धित मन्त्रालयल,विभाग र निकायमा पत्रचार गर्ने देखि प्रमाण खोजिको अनुसन्धान थालेका थियौ ।’ अख्तियारले यस सम्वन्धी फाइल पठाइदिनु भनि अर्थ मन्त्रालयलाई पनि पत्र लेखेको ती आयुक्तले बताए । अर्थले जवाफ पनि पठाएको तर अधिकाश विवरणहरु गायव पारिएको र केही विवरण भने रेकर्डमा भेटिएको भनि जवाफ पठाएको ती आयुक्तले बताए । करिव ७ महिना अघि अर्थवाट जवाफ आएको थियो । सरकारी जग्गा हडपेको र धेरै प्रमाणहरु नै मेटाएका कारण सुक्ष्म रुपमा अनुसन्धान आयोगले गरेको ती आयुक्तले बताए । अव उनीहरु अनुसन्धानका लागि पक्राउ परेकाले सिआइबीले गर्ने अनुसन्धानले पनि थप अनुसन्धान गर्न आयोगलाई सहज हुने ति आयुक्तले बताए । ‘हामीलाई सिआइबीको अनुसन्धानले थप सहयोग पुग्छ । हामीसँग भएका विवरणहरु पनि सिआइबीलाई उपलव्ध गराछौ ’ ती आयुक्तले भने ‘ सिआइबीले ठगी र लिखत किर्तेमा अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्छ भने आयोगले भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा दायर गर्छ । ’

आयोगले सिआइबीमै रहेको समयमा पनि बयान लिन सक्ने नत्र सिआइबीको अनुसन्धानपछि बयान लिने आयोगले जनाएको छ। सिआइबीले गर्ने अनुसन्धानले आयोगलाई थप प्रमाण हुने भएकाले यो अनुसन्धान झन छिटो हुने आयोगले जनाएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। चौधरी गु्रपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत रहेका थिए। कुनै समय उक्त जग्गा दिएवापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो।

बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए।

त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो। उक्त जग्गा अहिले अरुण चौधरी, उनकी श्रीमती शिला चौधरी, आम्रपाली कन्स्ट्रक्सनका अध्यक्ष सन्ज ठाकुर र केही सेयर विनोद चौधरी समेतको नाममा रहेको सीआईबी स्रोतले जनाएको छ

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update