Public Pana
अरुण चौधरी बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ परेका छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लैनचौरस्थित निवासबाटै पक्राउ गरेको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update