Public Pana
कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त भएका छन् ।
कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा आज बिहीबार बिहान बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जनामध्ये कास्कीका पोखरेललाई नियुक्त गरेको हो । यसअघि पोखरेल निमित्त प्रबन्ध सञ्चालक थिए ।
कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update