Public Pana
वायुसेवालाई व्यवस्थापन करारमा लैजाने मोडालिटी बनाउन क्षत्री नेतृत्वमा समिति

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई व्यवस्थापन करारमा लैजान समिति गठन गरेको छ।

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समिति गठन गरेको हो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार वायुसेवा निगम करार व्यवस्थापनका लागि योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समिति बनाइएको हो।

समितिमा पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि, वायुसेवा निगम अर्थ विभाग प्रमुख, र टीकाराम राई विज्ञ सदस्य रहनेगरी ५ जना सदस्य छन्। 

व्यवस्थापन करारमा दिने मोडालिटी तय गर्न समितिलाई ४५ दिनको समयावधि दिइएको छ।
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update