Public Pana
विभिन्न निकायमा नियुक्ति, व्यापार सहजीकरणमा समिति 

राष्ट्रिय योजना आयोगको रिक्त एक सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसाद नियुक्त भएका छन्।

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको रिक्त सदस्य पदमा प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्। 

मन्त्रिपरिषद्को बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।

राई यसअघि निगमकै सञ्चालक समिति सदस्य थिए। मन्त्रिपरिषद्ले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. सहारा श्रेष्ठलाई मनोनयन गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजकत्वमा रहेको राष्ट्रिय व्यापार सहजीकरण समिति निजी क्षेत्रलाई पनि राखेर गठनको निर्णय गरेको छ।
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update