प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि-ओपन सेसनमा नेप्से सूचक ५.२६ अंकले बढेको छ । यससँगै सूचक २१०३.५ विन्दुमा आएको छ ।
२४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २४ वटा कारोबार भएको हो । जसअनुसार १७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० ११:१३
प्रतिक्रिया दिनुहोस्