Public Pana
बालुवाटार पुगेर ओलीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको हो । 

बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच भेटवार्ता भएको हो । 

यसअघि वुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update